म्याग्दी। पश्चिम म्याग्दीको दरबाङमा बुधबार (आज) देखि नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको आयोजना गरेको प्रथम तरुण कप भलिबल प्रतियोगिता– २०८१ सुरु भएको छ ।

म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका प्रतिनिधि सभाका सांसद खमबहादुर गर्बुजा (खमवीर) ले युवाहरुको शारिरीक तथा मानसिक विकासका साथै आफ्नो प्रतिभा र क्षमतालाई प्रदर्शन गरी आफ्नै जन्मभूमिमा टिकाउन खेलकुद पनि बलियो माध्यम बन्नसक्ने बताउनुभयो ।
प्रतियोगितामा प्रमुख अतिथी सांसद गर्बुजाले मुख्य रेफ्रिलाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गनुृभएको थियो। । प्रदेश निर्वाचन क्षेत्र ख मा पर्ने तीन पालिकाको वडा स्तरीय भलिवल प्रतियोगितामा १८ समूहले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख ११ हजार एक ११ र द्धितीय हुनेलाई नगद रु ६६ हजार छ सय ६६ को साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ ।
त्यसैगरी फागुन १४ गतेदेखि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा अन्तर पालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गरिएको तरुण दल म्याग्दीका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।
फागुन १४,१५ र १६ गते आयोजना गरिने उक्त प्रतियोगिताको तयारी पनि पूरा भएको उहाँले बताउनुभयो ।
महिला भलिबल प्रतियोगीतामा प्रथम हुनेले रु ७७ हजार ७७७ र द्धितिय हुनेले ४४ हजार ४४४ ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि १५ लाख ५० हजार रुपैयाँ बढी खर्च अनुमान गरिएको छ । आयोजनाबाट खर्च कटाएर आम्दानी भएको रकमले दुर्गम क्षेत्रलाई लक्षित गरेर शिक्षा ,स्वास्थ्य लगायत क्षेत्रमा खर्च गर्ने तरुणदल म्याग्दीले जनाएको छ ।




